Dangsanchar
८ चैत्र २०८१, शनिबार
२५ जेष्ठ २०८१, शुक्रबार १२:३४
पढ्न लाग्ने समय :

आज सुनको भाउ एक हजार रुपैयाँले बढ्यो

काठमाण्डौं,२५ जेठ । सुनको भाउ आज फेरि बढेको छ । हिजो एक लाख ४४ हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज पुनः अर्को रेकर्ड कायम गरेको हो । आज सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्