अशोज २, २०८१
पढ्न लाग्ने समय :

आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो


काठमाण्डौं,२ असोज । आज सुनको भाउ तीन सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलाको एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एक लाख ५६ हजार सात सय रुपैयाँ रहेको थियो ।

अस्ति भने सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो । त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १५ रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्