Dangsanchar
४ चैत्र २०८१, मंगलवार
२ बैशाख २०८१, आईतवार ०८:००
पढ्न लाग्ने समय :

इरानद्वारा इजरायलमा आक्रमण शुरु

काठमाडौं, २ बैशाख इरानले इजरायल माथि आक्रमण शुरु गरेको छ । स्थानीय समयअनुसार रातको पौने २ बजे राजधानी जेरुसेलम शहरका प्रतिरक्षा प्रणाली सक्रिय भएका र ठूलो विस्फोट भएको बीबीसीले जनाएको छ । इरानले प्रहार गरेको ड्रोन प्रतिरक्षा प्रणालीले नष्ट गर्दा विष्फोट भएको बताइएको छ ।

त्यसअघि इरानले इजरायलतर्फ प्रहार गरेका केही ड्रोन अमेरिकी सेनाले रोकिदिएको थियो । यही अप्रिल एक तारिखमा इजरायलले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुई जना शीर्ष सेना कमान्डरसहित १३ जनाको ज्यान गएको थियो । यो घटनापछि रिसाएको इरानले इजरायलमाथी आक्रमण शुरु गरेको हो ।।

प्रतिक्रिया दिनुहोस्