Dangsanchar
८ चैत्र २०८१, शनिबार
२१ फाल्गुन २०८१, बुधबार १४:११
पढ्न लाग्ने समय :

एउटै पासोमा २ जना मृत फेला

विराटनगर, फागुन २१ । मंगलबार दिउँसो एउटै डोरीले पासो लागेको अवस्थामा मृत भेटिएका युवायुवतीको मृत्युको कारण विवाहेत्तर प्रेम सम्बन्ध रहेको प्रहरीले जानकारि दिएको छ ।
पथरीशनिश्चरे नगरपालिका – ५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा पथरीशनिश्चरे – ५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगन्ज गाउँपालिका – २ घर की २२ वर्षीया जुबामुनी हस्दा मृत फेला परेका थिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा विवाहेत्तरको प्रेम सम्बन्धका कारण आत्महत्या गरेको देखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतक दुवै विवाहेत्तर हुन् । दुवैको बच्चा पनि छन् । महिला जुबामुनीका श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । अजयको घरमा पत्नी र दुई छोरा छन । जुबामुनीका डेढ वर्षका छोरा छन् ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार अजयले ती महिलालाई १८ फागुन राति घरमा लिएर आएका थिए । घरबाट  हराएपछि परिवारले जुबामुनीको खोजी गरिरहेको थियो ।
प्रहरीका अनुसार काखे छोरालाई घरमै छाडेर आएकी जुबामुनीलाई अजयले आइतबार राति आफ्नै घरमा लिएर गएका थिए । घरमा खाना खाएपछि उनीहरू बाहिरिएका थिए । सोमबार  उनीहरु गाउँकाे बजारमा देखिएका थिए । मंगलबार बिहान उनीहरु घटनास्थल नजिकै गफ गरेर बसेको स्थानीयले देखेका थिए । दिउँसो भने भुण्डिएको अवस्थामा फेला परेका थिए ।।

प्रतिक्रिया दिनुहोस्