Dangsanchar
८ चैत्र २०८१, शनिबार
४ असार २०८१, सोमबार १०:१९
पढ्न लाग्ने समय :

कल्लेका शिवराज रोका दाङको तुलसीपुरमा कोठाभित्रै मृत फेला

तुलसीपुर, ३ असार ।  दाङको तुलसीपुरमा एकजना मृत फेला परेका छन् । तुलसीपुर–३ कल्ले घर भई अहिले तुलसीपुर–५ ज्योतिनगर टोलमा कोठा भाडामा बस्दै आएका ३१ वर्षीय शिवराज रोका आफ्नै कोठामा रहेको पंखामा झन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

गएराती साढे ११ बजेको समयमा पंखामा झुन्डिएको अवस्थामा उनको आमाले फेला पारी डोरी काटेर राप्ती प्रादेशकि अस्पताल तुलसीपुर पुर्याएपनि करिब १२ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्