चैत्र २३, २०८१
पढ्न लाग्ने समय :

छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ, चैत २३ । मोरङ, बैतडी र सप्तरी जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । मोरङ, रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित सडकमा को. ९ प ७२९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–१ कल्याणपुर बस्ने ४२ वर्षीय सोम टुडु र मोटरसाइकलमा सवार उनकै श्रीमती ३५ वर्षीया वामनी हेमरमको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बैतडी, दशरथचन्द नगरपालिका–११ स्थित सडकमा बि–एसी ५६५९ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार पञ्चेश्वर गाउँपालिका–५ बस्ने ५४ वर्षीय चंचले दयालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बैतडीमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, बोदेबर्साइन नगरपालिका–५ जाजरस्थित सडकमा मधेश प्रदेश ०१–००४ प ८३३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक डाक्नेश्वरी नगरपालिका–५ पातो बस्ने ३१ वर्षीय ओम प्रकाश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जीवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्