अशोज ९, २०८१
पढ्न लाग्ने समय :

जर्मनी र इटालीका नागरिकलाई लुटपाट गर्ने ३ जना पक्राउ

काभ्रेपलाञ्चोक, ९ असोज ।  काभ्रेको बनेपा नगरपालिका–६ गोसाइँस्थानमा विदेशी नागरिकलाई लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । धुलिखेल अस्पतालमा (इन्टर्नशिप) गर्न आएका इटाली र जर्मनीका नागरिकको सामान लुटेको आरोपमा नवलपरासीका हरि चौधरी, रामेछापका सन्देश जैरु र काभ्रेको पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनीहरू लुटिएका सामानसहित गएराति पक्राउ परेका र आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्