डा. सन्देश लम्सालसहितको टिमद्धारा तुलसीपुरमा झन्डै सय जनाको स्वास्थ्य परिक्षण
तुलसीपुर, १३ चैत । दाङको तुलसीपुरमा भएको निसुल्क स्वास्थ्य शिविरबाट ९३ जनाले सेवा लिएका छन् । अखिल नेपाल यातायात मजदुर संगठनको आयोजना तथा राष्ट्रिय प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ तुलसीपुर नगर कमिटीको सहयोगमा भएको निसुल्क स्वास्थ्य शिविरमा १ सय जनाले सेवा लिएका हुन् । विशेषगरी गाडीका चालक, सहचालक, यात्रु तथा विभिन्न यातायात समितिका प्रतिनिधिहरुको स्वास्थ्य परिक्षण गरिएको अखिल नेपाल यातायात मजदुर संगठनकले जानकारी दिएको छ । चेकजाँचमा राप्ती प्रादेशिक अस्पतालमा कार्यरत डा. सन्देश लम्सालसहितको टिम खटिएको थियो ।
जसमा शरद खत्री, सन्देश कुमार देवकोटा र जिवन खड्का रहनु भएको थियो । विशेषगरी गाडीका चालक तथा सहचालकहरुको स्वास्थ्य अवस्था पत्ता लगाउने उदेश्यका साथ निसुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको संगठनकले जनाएको छ । परिक्षणका क्रममा अधिकांसमा उच्च रक्तचापको समस्या देखिएको डा. लम्सालले जानकारी दिनुभयो । सय जनालाई परिक्षण गर्दा ३८ जना अर्थात ४० प्रतिशतमा उच्च रक्तचापको समस्या देखिएको भन्दै डा. लम्सालले नियमित औषधी सेवन गर्नुका साथै समय समयमा रक्तचापको परिक्षण गर्ने, नियमित शारिरिक व्याम गर्ने तथा जिवनसैली परिमार्जन गर्न सुझाव दिइएको बताउनुभयो ।।

