तीनकुने घटनामा थप २ जना पक्राउ
काठमाण्डौ, चैत २७ । गएको चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा भोजपुरको अरुण गाउँपालिका–५ घर भएका ४५ वर्षीय दिलकुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–४ घर भएका ३० वर्षीय जीतबहादुर श्रेष्ठ रहेका छन् ।उनीहरूविरुद्ध काठमाण्डौ जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक ९एसपी० अपीलराज बोहराले जानकारी दिनुभयो ।।

