Dangsanchar
४ चैत्र २०८१, मंगलवार
१२ चैत्र २०८०, सोमबार १४:१८
पढ्न लाग्ने समय :

तुलसीपुरका एकजनाको काप्रो टिप्ने क्रममा करेन्ट लागेर मृत्यु


चेतन वली तुलसीपुर, १२ चैत । दाङको तुलसीपुरका एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१० निवासी ३३ देवराज बिक रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जानकारी दिएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जमा रहेको नारायणी आँखा अस्पतालमा ल्याब क्निसियनको रुपमा कार्यरत बिकको आइतबार (हिजो) बेलुका सवा ६ बजेको समयमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुखमा चढेर काप्रो टिप्ने क्रममा हाँगा लच्किएर बिजुलीको हाइटेन्सनलाई छुदा उनी रुखबाट भूइमा खसेका थिए । करेन्ट लागेर गम्भिर घाइते भएका उनको उद्धार गरी अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार उनको शव अहिले पोष्टमार्टमका लागि भिम अस्पताल भैरहवामा राखिएको छ ।।

प्रतिक्रिया दिनुहोस्