तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भएर पसल भित्र छिर्यो, ३ जना घाइते

चेतन वली तुलसीपुर, १२ चैत । दाङको तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भएर पसल भित्र पुग्दा ३ जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर–१८ का १९ वर्षीय मनिष बिक, सोही ठाउँका १६ वर्षीय सुरज मह र पसल सञ्चालक तुलसीपुर–६ का ४५ वर्षीयलोड प्रसाद हल्वाई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिजौरीबाट तुलसीपुर तर्फ आउदै गरेको रा २ प ७१७३ नम्बरको टु–ट्वान्टी पल्सर मोटरसाइकल आज बिहान पौने ११ बजेको समयमा तुलसीपुर ७ पर्सेनी बजारमा अनियन्त्रित भएर हल्वाईको पसलमा भित्र पुग्दा दुर्घटना भएको हो । घाइते मध्य मोटरसाइकल चालकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइते तिनैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।