जेष्ठ २०, २०८१
पढ्न लाग्ने समय :

तुलसीपुरमा हावाहुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु


तुलसीपुर, २० जेठ ।
तुलसीपुरमा गएराती आएको हावाहुरीसहितको वर्षाले घर भत्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपर उपमहानगरपालिका–१२ रझेनीका ७० वर्षीय भगवान् खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार राती ८ बजेको समयमा हावाहुरीले घर भत्किँदा टिनले छाएको एककोठे घरमा रहेका उनको च्यापिएर मृत्यु भएको हो । खत्रीसँगै रहेकी उनकी श्रीमतीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्