दाङको तुलसीपुरमा जंगली भेरीको टोकाईबाट १ महिला बिरामी
तुलसीपुर, फागुन २८ । दाङको तुलसीपुरमा भेरीको टोकाईबाट एक महिला विरामी भएको प्रहरीले जनाएको छ । विरामी हुनेमा तुलसीपुर–११ उरहरी निवासी ३० बर्षीया सरु डाँगी रहेको प्रहरीले जनाएको छ ।
आज दिउँसो पौने २ बजेको समयमा घर नजिकै रहेको धारामा नुहाउन जाने क्रममा एक्कासी आएको जंगली भेरीले सरुको शरिरका विभिन्न भागमा टोकेको उपचारमा संलग्न उहाँकी नन्द कमला वली डाँगीले जानकारी दिनुभयो । उहाँको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।।

