दाङको तुलसीपुरमा ढुंगासहितको ट्याक्टर नियन्त्रणमा लिने क्रममा नगरप्रहरीमाथी कुटपिट
दाङ, चैत २१ । दाङको तुलसीपुरमा अवैध नदिजन्य पदार्थसहितको ट्याक्टर नियन्त्रणमा लिने क्रममा नगरप्रहरीमाथी कुटपिट भएको छ । कुटपिटबाट नगरप्रहरी असई संजय गिरी र नगरप्रहरी हवल्दार बिनोद रेउले घाइते भएको नगरप्रमुखको सचिवालयले जानकारी दिएको छ । हिजो साँझ करिब ७ बजेको समयमा तुलसीपुर–१२ एयरपोर्ट नजिकै ग्वारखोलामा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरिरहेको रा १ त ४०२३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिने क्रममा उनीहरुमाथी कुटपिट भएको हो ।
नगरप्रहरी असई संजय गिरीको नेतृत्वमा ४ जनाको टोली खटिएकोमा ट्याक्टर चालक, सवारी धनिलगाएतको समहुले घरेलु हतियारले आक्रमण गर्दा दुईजना घाइते भएका हुन् । यस घटनामा गम्भिर ध्यानाकर्षण भएको जनाउदै नगरप्रमुखको सचिवालयले घटनामा संगल्नलाई यथासिघ्र पक्राउ गरी कानुनी कारवाहीको माग गरेको छ ।।

