Dangsanchar
८ चैत्र २०८१, शनिबार
९ फाल्गुन २०८१, शुक्रबार १५:५०
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरमा मजदुरहरुविच विवाद हुदाँ ३ जना घाइते

तुलसीपुर, ९ फागुन । दाङको तुलसीपुरमा मजदुरहरुविच विवाद हुदाँ ३ जना घाइते भएका छन् । कुटपटिबाट घाइते हुनेमा भारतको बहराइच नानपारा दिहातका ३१ वर्षिय जमुल खान, सोही ठाउँका ५० वर्षिय कलिम महिम र बर्ष ४८ को भुजाउ मोहमत रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये जमुल खानको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सुचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घाइत तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर १७ बनकट्टीका रमेश वलीले संचालन गरिरहेको इडिसी इट्टा उद्योगमा काम गर्ने मजदुरहरुविच विवाद भएको थियो । सामान्य रुपमा भएको विवादले कुटपिटको रुप लिदा उनीहरु घाइते भएका हुन् ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले उद्योगका संचालक ५३ बर्षका रमेश वली सहित ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको बहराइच नानपारा दिहातका ३२ वर्षिय साबिर खान, सोही स्थानका २२ वर्षिय संशेर खान, २४ वर्षिय अरवाज खान, बाँकेको नेपालगंज नगरपालिका १ का २६ वर्षिय खुर्सीद दर्जी, सोही ठाउँ बस्ने बर्ष ३५ को जाखिर दर्जी र वर्ष ४० को मोहर अली रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्