Dangsanchar
४ चैत्र २०८१, मंगलवार
१५ असार २०८१, शुक्रबार २३:३०
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते, चालकको अवस्था गम्भीर


दाङ, १४ असार । दाङको तुलसीपुर उपमहानगरपालिका १२ ग्वारखोलामा मोटरसाइकल दुर्घटना भएको हो । मोटरसाइकल दुर्घटनामा परि २ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर १६ बस्ने बर्ष २० का सागर नेपाली (चालक) र सोही ठाउँ बस्ने बर्ष ३५ का तारा बहादुर धिताल रहेको ईलाका प्रहरी कार्यलय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर पुकार पसलबाट मलवार तर्फ जाँदै गरेको रा ३ प ३७५० नम्बरको मोटरसाइकल अनियंत्रित भएर पल्टिएको हो । मोटरसाइकल अन्दाजी १४/१५ मिटर तल खसेको प्रहरीको भनाई छ । चालकको अवस्था भने गम्भीर रहेको र उपचारको लागि नेपालगन्ज रिफर गरिएको छ ।।

प्रतिक्रिया दिनुहोस्