Dangsanchar
४ चैत्र २०८१, मंगलवार
२४ जेष्ठ २०८१, बिहीबार १९:५५
पढ्न लाग्ने समय :

दाङको दंगीशरण–३ मा ५ जना क्यान्सर संकास्पद भेटिए

तुलसीपुर, २४ जेठ । दाङको दंगीशरण गाउँपालिका–३ मा गरिएको निसुल्क महिला प्रजनन स्वास्थ्य शिविरमा ५ जना संकास्पद भेटिएका छन् । हेकुली स्वास्थ्य चौकीमा १ सय २१ जनाको परिक्षण गरिएकोमा ५ जना संकास्पद विरामी भेटिएको स्वास्थ्य शाखाकी राधा कर्माले जानकारी दिनुभयो । उहाँका अनुसार २ जनामा पाठेघर खसेको समस्या देखिएको छ भने अधिकांस महिलाहरुमा पाठेघर सम्बन्धि कुनै न कुनै समस्या देखिएको छ । भोली पनि सोही ठाउँमा शिविर सञ्चालन हुने उहाँले बताउनुभयो ।

दंगीशरण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा हिजो २३ गते वडा नम्बर १ बाट सुरु भएको पाठेघरको स्कृनिङ तथा व्यवस्थापन महिला प्रजनन स्वास्थ्य शिविर आज २४ र भोली २५ गते हेकुली स्वास्थ्य चौकीमा हुने छ भने २८ र २९ गते वागर स्वास्थ्य चौकीमा सञ्ञ्चालन भएर सम्पन्न हुने छ ।।

प्रतिक्रिया दिनुहोस्