दाङको दंगीशरण–६ मा थारु संस्कृती जोगाउन महिलालाई तालिम प्रदान

तुलसीपुर, १९ असार । दाङको दंगीशरण गाउँपालिका–६ मा थारु समुदायका महिलाहरुका लागी १५ दिने सिलाई तालिम सम्पन्न भएको छ । दंगीशरण गाउँपालिकाको आर्थीक सहयोग तथा शुभ जनज्योती प्राविधिक शिक्षालय तुलसीपुर–७ को आयोजनामा यही असार १ गतेदेखी सुरु भएको थारु जातीका लागी सिलाई तालिमको हिजो मंगलबार एक कार्यक्रमका बिच समापन गरिएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष रोशनजंग शाहले थारु जातीको भेसभुषा संरक्षणका लागी यस्तो तालिम प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अथिति समेत रहेका वडाअध्यक्ष शाहले पछिल्लो समय हराउदै जान थालेका थारु जातीका विभिन्न किसिमका संस्कार, संस्कृतिको जगेर्ना गर्ने उदेश्यले थारु समुदायका महिलाहरुलाई थारु जातीले लगाउने प्रम्परागत प्रम्परागत पहिरणहरु सिलाउन सिकाइएको बताउनुभयो । १५ दिने तालिममा वडा नम्बर ६ का १५ जना थारु समुदायका महिलालाई तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । उनीहरुलाई गाउँका महतवामार्फत ४/४ जोर थारु जातीका गरगहनासमेत हस्तान्तरण गरिएको छ । थारु समुदायका महिलालाई मागीको अवसरमा थप गरगहनाहरु दिइने वडाअध्यक्ष शाहले बताउनुभएको छ । यसअघि पनि विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आएको वडा नम्बर ६ ले आगामी दिनमा पनि अझै धेरै प्रकारका जातजातीमा आधारित तालिम दिदै जाने बताएको छ ।।