Dangsanchar
४ चैत्र २०८१, मंगलवार
२५ असार २०८१, सोमबार १८:१७
पढ्न लाग्ने समय :

दाङमा जंगली च्याउ खाँदा एक युवती गम्भीर बिरामी

तुलसीपुर, २४ असार ।  दाङमा जंगली च्याउ खाएर एक युवती विरामी भएको प्रहरीले जनाएको छ । विरामी हुनेमा घोराही उप–महानगरपालीका वडा नं.१५ का देबेन्द्र पुनको छोरी १८ बर्षकी राधा पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पुन परिवारले घर नजिकैको जंगलबाट च्याउ ल्याएर घरका परिवार सबै (४ जना) ले खाएकोमा अन्यलाई भने केही नभएको प्रहरीको भनाइ छ । विहान ११ वजे खाएर विरामी भएको पुनको अहिले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ ।

प्रहरीको अनुसार विरामी राधाको अबस्था गम्भीर रहेको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख जनक बहादुर मल्लले जंगली च्याउ नखान र खानु परेमा चिनेर मात्रै खान सबैमा आग्रह गर्नु भएको छ । विषालु र स्वास्थ्य जोखिममा पर्ने च्याउ नखान पनि उहाँले आग्रह गर्नु भएको छ ।।

प्रतिक्रिया दिनुहोस्