असार २८, २०८१
पढ्न लाग्ने समय :

दाङमा जामुनो टिप्ने क्रममा रुखबाट खसेर एक बालिकाको मृत्यु

तुलसीपुर, २७ असार । जामुनो टिप्ने क्रममा रुखबाट खसेर दाङमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका– ४ एक्ले निवासी राम बहादुर खड्काकी १२ बर्षीया छोरी सुबर्ण खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

विहीबार साँझ पौने ६ बजेतिर घर देखि एक सय मिटर टाढा जामुनो टिप्ने क्रममा रुखबाट खसेर गम्भिर घाइते बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा राति ८ बजे मृत्यु भएको प्रनि थापाले बताउनुभयो ।।

प्रतिक्रिया दिनुहोस्