दाङमा सामुदायिक वन क्षेत्रभित्र एक पुरुष मृत अवस्थामा फेला
दाङ, फागुन ६ । दाङको लमही नगरपालिका वडा नम्बर ५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र एक पुरुषको शव मृत अवस्थामा फेला परेको छ। लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडा निवासी ४१ वर्षीय योगेन्द्र बहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार मृतक खत्री गत मंगलबारदेखि सम्पर्कविहीन हुनुभएको थियो। खोजतलासको क्रममा हिजो सोमबार सामुदायिक वनभित्र खोल्सामा पल्टिएको अवस्थामा शव भेटिएको प्रहरीको भनाइ छ । गाईबाखा चराउन गएका गोठाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

