दाङ तुलसीपुरको दमारगाउँबाट एकजना बृद्ध बेपत्ता
दाङ, बैशाख ७ । दाङको तुलसीपुरबाट एकजना बृद्ध बेपत्ता भएका छन् । तुलसीपुर–३ दमारगाउँ निवासी अन्दाजी ७६ बर्षीय धन बहादुर श्रेष्ठ बैशाख ७ गते शुक्रबार राती १२/१ बजेको समयमा घरबाट एक्कासी बेपत्ता भएको उहाँका भदै हितेश रेउलेले जानकारी दिनुभयो । उहाँका अनुसार घरका अन्य सदस्यहरु खाना खाएर सुतेको अवस्थामा राती घरबाट धन बहादुर एक्कासी बेपत्ता भएका हुन् ।
आफन्तहरु सबै ठाउँ खोजतलास गर्दा पनी कतै फेला नपरेपछी खोजीका लागी प्रहरीलाई समेत निबेदन दिएको उहाँले बताउनुभयो । बेपत्ता श्रेष्ठले नेपाली झण्डा भएको झोला बोकेको पाइएको छ । उहाँलाई देख्नुहुने जो कोहीले पनी नजिकको प्रहरी कार्यालय अथवा मोबाइल नम्बर ९८४७८७८१८१ मा सम्पर्क गर्न उहाँकी छोरी माया श्रेष्ठ डाँगीले अनुरोध गर्नूभएको छ ।।

