बैशाख ६, २०८२
पढ्न लाग्ने समय :

दाङ तुलसीपुर आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

दाङ, ६ वैशाख । दाङको देउखुरीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका –३ झिङनी निवासी करिब ३०/ ३५ वर्षकी पुष्पा नेपाली र राजपुर गाउँपालिका –५ निवासी ५६ वर्षीय निलसरोज यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
त्यसैगरी सोही घटनामा परेर लमही नगरपालिका –५ निवासी २५ वर्षकी संगिता जिसी, घोराही उपमहानगरपालिका –५ सेजवाल टोल निवासी वर्ष ५० की चोपिकला खत्री, वर्ष ५० का बल बहादुर खत्री, प्यूठान नगरपालिका –६ निवासी २७ वर्षकी अनिशा गुरुङ, सुमित्रा गुरुङ, भावना गुरुङ, लमही नगरपालिका –४ निवासी २४ वर्षकी रासु थापा, घोराही उपमहानगरपालिका –१० निवासी ४२ वर्षका ललित वली, कपिलवस्तु शिवराज नगरपालिका –२ निवासी २८ वर्षकी सरस्वती घर्तीमगर, उनको ४ महिनाकी छोरी रिया घर्तीमगर, कपिलवस्तु शिवराज नगरपालिका निवासी ४१ वर्षकी मनकुमारी घर्ती, प्यूठान नगरपालिका –३ निवासी शिव बहादुर गुरुङको ५ वर्षका छोरा प्रभास गुरुङ, लमही नगरपालिका –५ निवासी वर्ष २५ का सहिद हुसेन, कपिलवस्तु नगरपालिका –४ निवासी वर्ष २३ की शवनम नाउ घाइते भएको प्रहरीले जनाएको छ ।
कृष्णनगरबाट तुलसीपुरका लागि छुटेको बा ३ ख ७९९६ नम्बरको बस राप्ती–५ लठह्वामा दुर्घटनामा पर्दा राजपुर गाउँपालिका–५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।।

प्रतिक्रिया दिनुहोस्