Dangsanchar
८ चैत्र २०८१, शनिबार
११ जेष्ठ २०८१, शुक्रबार ११:५५
पढ्न लाग्ने समय :

दुर्गम ठाउँमा पहिरो जादा सय जना भन्दा धेरैको मृत्यु


काठमाडौ, ११ जेठ ।  पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो जादा सयौंको मृत्यु  भएको छ । गाउँलेहरू मिलेर भग्नावशेषबाट शव निकालिरहेका छन् ।
स्थानीय जनताका अनुसार पहिरोमा परेर १०० जनाको मृत्यु भएको आशंका गरिएको छ ।  तर आधिकारिक रुपमा हालसम्म मृतकको संख्या भने खुलाइएको छैन ।  पहिरो इन्गा प्रदेशको काओकलाम गाउँमा बिहान ३ बजे गएको हो ।  पोर्गेरा वुमन इन बिजनेस एसोसिएसनकी अध्यक्ष एलिजाबेथ लारुमाले पहाडमा पहिरोका कारण घरहरु ध्वस्त भएको बताउनुभयो । १०० भन्दा बढी व्यक्ति जमिनमा पुरिएको हुनसक्ने आशंका गरिएको छ ।।

प्रतिक्रिया दिनुहोस्