नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन : उपप्रधानमन्त्री लामिछाने

काठमाडौं, १ बैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताउनु भएको छ ।
शनिबार नयाँ वर्षको अवसरमा काठमाडौंको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग नयाँ वर्षको अवसरमा खुशीयाली साटासाट गर्न पुगेका उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले जनताका सबै किसिमका गुनासाहरु यथोचित ढंगबाट समाधान हुने बताउनु भयो ।
कर्मचारीहरुमाथि दबाब वा राजनीतिक आग्रह, पूर्वाग्रहबिना नै काम गर्ने वातावरण बनाइने पनि बताउनु भयो ।
उहाँले काठमाडौं शहरलाई चलायमान र क्रियाशील बनाउन नयाँ वर्षबाट २४ सै घण्टा दरबार मार्ग र ठमेल क्षेत्र सञ्चालन गर्न लागिएको बताउनु भयो ।
उहाँले काठमाडौं जिउँदो, जाग्दो शहर बनाउन आफूले काम गरिरहेको जिकिर गर्नु भयो ।
गृहमन्त्री लामिछानेले प्रहरीको मनोबल र सुधारको काम अझ अघि बढाउनका लागि नयाँ वर्षको दिनमा खुशीयाली साटासाट गर्न आफू सडकमा आएको बताउनु भयो ।।