Dangsanchar
८ चैत्र २०८१, शनिबार
१३ जेष्ठ २०८१, आईतवार १५:४९
पढ्न लाग्ने समय :

नाला खन्ने क्रममा खसेको ढुङ्गाले लागेर जेसिवी चालकको मृत्यु


काठमाण्डौ, १३ जेठ ।  मुग्लिन–नारायणगढ सडक खण्डमा नाला खन्ने क्रममा खसेको ढुङ्गाले लागेर डोजर चालकको ज्यान गएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर–५ मा रहेको तीन नम्बर पुल नजिक नाला खन्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लाग्दा बर्दियाको गेडुवा गाउँपालिका–४ स्थायी घर भएका ३८ वर्षीय मङ्गल चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
मृतकको पहिचान खुलेको छैन । ढुङ्गाले निर्माण कम्पनीको मेशिनमा पनि क्षति पुगेको छ । पहिरो सामान्य रहेकोले पन्छाएर सडक भने सञ्चालनमा आइसकेको छ ।।

प्रतिक्रिया दिनुहोस्