Dangsanchar
८ चैत्र २०८१, शनिबार
११ जेष्ठ २०८१, शुक्रबार ११:४३
पढ्न लाग्ने समय :

परीक्षा दिन हिंडेका विद्यार्थीको लडेर मृत्यु


काभ्रे, ११ जेठ । काब्रेको  महाभारत गाउँपालिका १ मा रहेको गोकुले माविमा अध्ययनरत एक विद्यार्थीको लडेर मृत्यु भएको छ । बिहीबार कक्षा ११ को परीक्षा दिन हिँडेका अपिल भ्लोनको बाटोमै लडेर मृत्यु भएको प्रहरीले जनाएको छ  । 
महाभारत गाउँपालिका–२ स्यालेडाँडाका ३२ वर्षीय अपिल भ्लोन परीक्षा दिन जाने क्रममा लडेर मृत्यु भएको अवस्थामा स्थानीयले दिउँसो देखेपछि प्रहरी पुगेको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
मृतक भ्लोनलाई अम्मलबासको ठाकुर थान पूजाबाट फर्केका स्थानीयले बाटोमा लडिरहेको अवस्थामा देखेपछि गाउँलेले र प्रहरीलाई खबर गरेका थिए । उहाको नसा सम्बन्धी रोग रहेको र घाँटीको अप्रेशन गरेको परिवारले जनाएको छ । विद्यार्थी भ्लोनको मृत्युमा गोकुले मावि विद्यालयले आज शुक्रबार शोक बिदा दिएको प्रअ पदम तिमल्सिनाले जानकारी दिनुभयो ।। 

प्रतिक्रिया दिनुहोस्