असार ५, २०८१
पढ्न लाग्ने समय :

पश्चिम दाङमा भिरबाट लडेर एक महिला गम्भिर घाइते

तुलसीपुर, ५ असार ।  पश्चिम दाङमा भिरबाट लडेर एक महिला गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा बबई गाउँपालिका–५ हापुरे निवासी ४२ वर्षीया डिला रोका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सप्तखोली भिरमा घाँस काट्न गएको अवस्थामा आज दिउँसो सवाँ २ बजेको समयमा एक्कासी भिरबाट लडेर उहाँ घाइते हुनुभएको हो । घाइतेको मुख, हातमा चोट लाएको र एउटा औलासमेत चुडिएको प्रहरीले जनाएको छ । अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उहाँको उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्