साउन ९, २०८१
पढ्न लाग्ने समय :

पहिरोमा पुरिएर एक जनाको मृत्यु

दैलेख, श्रावण ९ । दैलेखमा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–२ चौताराका ५५ वर्षीय सेते बमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपक मगराठीले जानकारी दिनुभयो । आज घरको करेसा छेउमा पहिरो रोक्न पर्खाल लगाउन लाग्दा पहिरोले पुरिएर उहाँको ज्यान गएको हो ।

यस्तै पहिरोमा परी घाइते भएका उहाँका तीन वर्षे नातिलाई उपचारका लागि सुर्खेत लगिएको स्थानीय मनसरा विष्टले बताउनुभयो ।।

प्रतिक्रिया दिनुहोस्