बसको ठक्करबाट १ जनाको मृत्यु
काठमाण्डौं, चैत २५ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गामा पर्ने पूर्व – पश्चिम सडक खण्डमा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर–२ संगमटोल बस्ने ५८ वर्षीय जित बहादुर प्रधानको मृत्यु भएको छ । काठमाण्डौबाट जनकपुरतर्फ जाँदै गर्दा आफ्नो गाडी रोकेर शौचालय जानको लागि बाटो काट्ने क्रममा ना ८ ख १८०९ नम्बरको बसले प्रधानलाई ठक्कर दिएको थियो ।
उहाँको हेटौँडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो । ठक्कर दिने बसका चालक धादिङ सिद्धलेक गाउँपालिका वडा नम्बर–३ बस्ने २६ वर्षीय मोहन थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।।

