असार २६, २०८१
पढ्न लाग्ने समय :

बस र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

धनगढी, २६ असार । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–६ मा बा ५ ख १४१० नम्बरको बसले सुपप्र ०१–००१ प ४६५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार नन्दराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गोदावरी–८ बस्ने मोटरसाइकल चालक लेखकराज जोशी घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक हेटौँडा–१३ का ३५ वर्षीय रामशरण घर्तीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।।

प्रतिक्रिया दिनुहोस्