असार ९, २०८१
पढ्न लाग्ने समय :

बाढीले बगाएर एक जना शिक्षकको मृत्यु

जाजरकोट, ९ असार ।  जाजरकोटको कुशे गाउँपालिका–१ तारेचौर नजिक खोलामा माछा मार्न गएका एकजनाको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ भने अरू ६ जना घाइते भएका छन् । घाइतेको उद्वार गरिएको छ । गएराति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे गाउँपालिका–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष देविका सिंहले जानकारी दिनुभयो ।

ज्यान गुमाउने रोकाय मालटाकुरा माध्यमिक विद्यालयका शिक्षक हुनुहुन्थ्यो । बाढीमा परी कुशे–४ तम्तीका राजेन्द्रबहादुर शाही, खिमबहादुर शाही, पृथ्वीबहादुर शाही, जीवन जैसी, कुशे–१ तारेचौरका गोबिन्द रावत र दीपेन्द्रबहादुर चलाउने घाइते भएको र सबैको उपचार भैरहेको उपाध्यक्ष सिंहले जानकारी दिनुभयो ।।

प्रतिक्रिया दिनुहोस्