चैत्र ३०, २०८१
पढ्न लाग्ने समय :

भरुवा बन्दुकसहित १ जना पक्राउ

काठमाडौं, चैत ३० । कपिलवस्तुमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बाणगंगा नगरपालिका-१ बैरियाका गंगाराम थारुलाई बन्दुकसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाश थारुको लागुऔषध मुद्दाको अनुसन्धानका क्रममा खानतलासी गर्दा गंगारामको घरमा बन्दुक फेला परेको हो । यसबारे  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्