Dangsanchar
८ चैत्र २०८१, शनिबार
१४ असार २०८१, बिहीबार १५:१४
पढ्न लाग्ने समय :

मकै गोड्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु, दुई जना घाइते

रुकुम पश्चिम, १३ असार । रुकुम पश्चिममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् l 
जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ८ घोरखानी निवासी ६७ वर्षिया  झुपा देवी रोकाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक  नवराज पोखरेलले जानकारी दिनुभयो । 

बिहिवार बिहान मकै गोड्न बारीमा गएको बेला लत्रिएको विद्युतको तारले उहाँलाई करेन्ट लागेको थियो । 
उहाँका अनुसार करेन्ट लागेर सोही ठाउँका  ६० वर्षिया शुसिला ओली र ३२ वर्षिया जमुना बुढाथोकी घाइते हुनु भएका छन् । 
रोकालाई करेन्ट लागेपछी तान्न गएका ओली र बुढाथोकी घाइते भएको प्रहरीको भनाई छ । 
दुबैजना घाइतेहरुलाई उपचारको लागि अहिले जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ ।।

प्रतिक्रिया दिनुहोस्