रोल्पामा चट्याङ लागेर १ जनाको मृत्यु
रोल्पा, चैत २८ । रोल्पामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनिलस्मृति गाउँपालिका ५ काप्जिङ निवासी १६ बर्षीय धनमाया खत्री रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार राति १ बजेको समयमा सुतिरहेको अवस्थामा चट्याङ लागेर खत्रीको मृत्यु हो । चट्याङबाट सोहि ठाउँका १५ बर्षका नवीन खत्री र १३ बर्षीय लिला घर्ती घाईते भएका छन् ।घाईते नवीनको स्वास्थ्य चौकी क्वालिगाउँमा उपचार भईरहेको र लिला सामान्य मात्र घाईते भएको प्रहरीले जनाएको छ ।।

