विद्यार्थीहरुको हकहित सरंक्षणका लागी मेरो उम्मेद्धारी हो – स्वतन्त्र उम्मेद्धार खत्री

तुलसीपुर, फागुन २९ । दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचनमा सभापती पदका स्वतन्त्र उम्मेद्धार कृष्ण केसी (डेभिड खत्री) ले विद्यार्थीहरुको हकहित सरंक्षणका लागी आफुले उम्मेद्धारी दिएको बताउनुभएको छ । यही चैत्र ५ हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतीमा उम्मेद्धारी दिएका खत्रीले चुनाव जितेपछी विद्यालयमा हुने हरेक गतिबिधिहरुलाई व्यवस्थित गर्दै लैजाने दाबी गर्नुभएको छ । १६ बर्षसम्म नेपाली कांगे्रस निकट नेविसंघले नेतृत्व गर्दै आएको विद्यालयमा कुनै परिवर्तन हुन नसकेको बताउदै उहाँले आफु निर्वाचित भएको अवस्थामा विद्यालयको शैक्षिक अवस्था सुधारमा भुमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । दबिएर रहेको विद्यार्थीहरुको आवाज उठाउनका लागी चुनावी मैदानमा उत्रिएको समेत उहाँले बताउनुभयो ।
चुनाव जितेपछी विद्यालयमा विद्यार्थीहरुले पाउने छात्रवृतिलाई पारदर्शी बनाउने पहिलो उदेश्य रहेको भन्दै उहाँले दोस्रोमा शैक्षिक गुणस्तर सुधार र विद्यार्थी शिक्षक बिच समन्वय गरेर अन्य बाकी कामहरुलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यार्थीहरु पार्टीदेखी आजित भइसकेको अवस्थामा आफु स्वतन्त्र भएकाले आफ्नो पक्षमा बहुमत बलियो रहेको दाबी गर्दै उहाँले स्ववियु चुनाव जित्नेमा कुनै संका नरहेको बताउनुभयो ।।