बैशाख ९, २०८२
पढ्न लाग्ने समय :

विष सेवनबाट ३ बालबालिकाको मृत्यु, आमा गम्भीर

जनकपुरधाम, बैशाख ९ । धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु भएको छ भने आमा गम्भीर अवस्थामा छिन । धनुषाको शहीदनगर नगरपालिका-५ यदुकोहाका सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) संजीव यादवले बताउनु भयो ।

इन्स्पेक्टर यादवका अनुसार सुशीलकी श्रमती ३० वर्षीया पविता साह गम्भीर अवस्थामा छिन् । उनको उपचार प्रादेशिक अस्पतालको भेन्टिलेटरमा भइरहेको छ । उहाँका अनुसार सोमबार साँझ ६ :४० बजेको समयमा घरमै आमासहित सन्तानहरु विष सेवन गरेको अवस्थामा फेला परेका थिए । स्थानीयले तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएका थिए । अस्पताल लैजाँदा तीनैजनाको मृत्यु भइसकेको थियो ।

राति पौनै ९ बजे मात्र प्रहरीलाई खबर आएपछि घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरायसी विवादमा पविताले तीनै छोराछोरीलाई विष सेवन गराई हत्या र आफूले स्वयम विष सेवन गरी आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीको आशंका छ ।।

प्रतिक्रिया दिनुहोस्