बैशाख ५, २०८२
पढ्न लाग्ने समय :

शिकार खेल्ने क्रममा गोली लागेर १ जनाको मृत्यु

डोटी, बैशाख ५ । डोटीको बडीकेदार गाउँपालिका–१ को बर्छेन जङ्गलमा शिकार खेल्न गएको बेला भरुवा बन्दुक पड्किएर गोली लाग्दा बडीकेदार–२ बस्ने २४ वर्षीय नरेश सार्कीको ज्यान गएको छ । जङ्गली जनावरको शिकार खेल्न गएका बेला अर्का व्यक्तिले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीकाे ज्यान गएको हो ।

बडीकेदार–१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किँदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको पाइएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धानका लागि प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्