साढे ५ किलो चाँदी र १० लाखनगदसहित ४ जना पक्राउ

काठमाडौं, फागुन १२ । साढे ५ किलो चाँदी र १० लाखसहित चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत महाराष्ट्र प्रदेश सोलापुर घर भई काठमाडौं महानगरपालिका – २४ नरदेवी बस्ने ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेती छन् ।
काठमाडौं महानगरपालिका – २४ स्थित एक घरमा अवैध रूपमा भन्सार छली तथा निकासी पैठारी गरी ल्याइएको सुन र चाँदीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न स्वरूपमा रहेको २ सय ४७ ग्राम ७ सय २० मिलिग्राम सुन, ५ किलो ६ सय ग्राम चादी र नगद १० लाख ७५ हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।।