Dangsanchar
८ चैत्र २०८१, शनिबार
१६ भाद्र २०८१, आईतवार १४:१०
पढ्न लाग्ने समय :

हमासले बन्धक बनाएको छ जनाको शव सुरुङमा भेटियो

काठमाडौ, १६ भदौ । इजरेली सेनाले गाजाको रफाह सहरमा एउटा सुरुङमा फेला परेका छवटा शव अक्टोबर ७ मा हमासले आक्रमण गर्दा बन्धक बनाएकाहरूको रहेको जनाएको छ । सेनाले शव फेला परेका बन्धकहरूको नाम सार्वजनिक गर्दै त्यसमध्ये पाँचजना इजरेली नागरिक रहेको उल्लेख गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले एक जना मृतक हेर्स गोल्डबर्ग–पोलिन अमेरिकी नागरिक रहेको बताए । “म शोकाकुल र क्रुद्ध भएको छु,” बाइडनले भने। पोलिन हमासको एक भिडियोमा हात काटिएको अवस्थामा देखिएका थिए ।

एक विज्ञप्तिमा बाइडनले उक्त मृत्युलाई दुखद र निन्दनीय भन्दै आफ्नो अपराधका लागि हमासका नेताहरूले मूल्य चुकाउनुपर्ने बताए । बेपत्ता परिवारहरूको समूह ’द मिसिङ फ्यामिलिज फोरम’ले इजरेली प्रधानमन्त्री नेतन्याहूलाई बाँकी बन्धकहरूको रिहाइका लागि युद्धविराम सहमति जनाउन पुनः अनुरोध गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्