हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ

काठमाण्डौ, माघ १० । चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षित वन्यजन्तु हिउँचितुवाको छाला र हड्डी ९आखेटोपहार० सहित दुई जना पक्राउ परेका छन् ।चितवन राष्ट्रिय निकुञ्जबाट संरक्षित वन्यजन्तु हिउँचितुवाको छाला र हड्डी ९आखेटोपहार० ओसारपसार भइरहेको सूचनाको आधारमा निकुञ्जबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
राष्ट्रिय निकुञ्जको कर्मचारी र निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले भरतपुर उपमहानगरपालिका–१० मालपोत चोक नजिकैबाट हिउँचितुवाको छाला र हड्डी ९आखेटोपहार० सहित दुई जना पुरुषलाई पक्राउ गरेको चितवन निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले सूचनामार्फत जानकारी दिनुभएको छ ।
अस्ति माघ ८ गते मङ्गलवार पक्राउ परेकाहरूमाथि थप अनुसधान भइरहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालय जनाएको छ ।।