Dangsanchar
८ चैत्र २०८१, शनिबार
१९ असार २०८१, मंगलवार १२:२८
पढ्न लाग्ने समय :

१ लाख घुससहित इन्जिनियर पक्राउ

काठमाडौँ, १८ असार ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित सिभिल इन्जिनियरलाई नियन्त्रणमा लिएको छ । सोमबार अख्तियारले ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो अख्तर हुसैनलाई नियन्त्रणमा लिएको हो ।

हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्