Dangsanchar
४ चैत्र २०८१, मंगलवार
३ असार २०८१, आईतवार १५:१३
पढ्न लाग्ने समय :

११५ बोरा अवैध प्याज बरामद

बुटवल, असार २ । रुपन्देहीमा १ सय १५ बोरा अवैध प्याज बरामद गरिएको छ । आइतबार बिहान सशस्त्र प्रहरीले करिब ५ हजार ७ सय ५० केजी प्याज बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डन्डा रुपन्देहीबाट खटिएको टोलीले  ओमसतिया गाउँपालिका–४ स्थित वसन्तपुरबाट उक्त प्याज बरामद गरेको हो । 

भारतबाट अवैध रूपमा नेपाल ल्याएर गोदाम गरी राखेको अवस्थामा प्याज बरामद गरिएको जनाइएको छ । उक्त प्याज करिब २ लाख ३० हजारको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्