१५ हजार घुससहित वडाअध्यक्ष पक्राउ

काठमाडौं, १८ चैत । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाअध्यक्ष उजेर अलीलाई घुससहित पक्राउ गरिएको छ । घरबाटो सिफारिस दिने प्रयोजनका लागि उनले एक सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो । कार्यकक्षबाटै पक्राउ परेका अलीलाई अख्तियारको हिरासतमा राखिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।।