१ पुरुष मृत अवस्थामा फेला
गुल्मी, फगुन २८ । गुल्मीको मदानेमा एकजना पुरुषको शव फेला परेको छ । जिल्लाको मदाने गाउँपालिका वडानम्बर – ४ झार्किसल्ला स्थित ढोरपाटन सडक खण्डदेखि ३ सय मिटर तल भिरमा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले पहिचान नखुलेको अन्दाजी २५/३० वर्षको पुरुषको शव फेला परेको जानकारी दिनुभएको छ ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरीक्षक दीपक केसीको कमान्डमा खटिएको प्रहरी टोलिले शव कसको हो र के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन । बेवारिसे अवस्थामा फेला परेको शवको पहिचानको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।।

