३ वटा प्रदेशका धेरै ठाउँमा वर्षा
काठमाण्डौ, १३ चैत । गएराति बाग्मती, कोशी र मधेश प्रदेशका धेरै ठाउँमा वर्षा भएको छ । मधेशको सिरहा र सुनसरी जिल्लामा सबैभन्दा धेरै ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । मधेस र कोशी प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिनुभयो । लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।
देशका पूर्वी र मध्य भेगमा आज पनि हल्का पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय प्रणाली सक्रिय हुँदा बदली र वर्षा भइरहेको हो । हिजोकोभन्दा आज मौसम सुधार हुने महाशाखाले जनाएको छ ।।

