चैत्र १३, २०८१
पढ्न लाग्ने समय :

जिल्ला समन्वय समितिका प्रमुख बैँकिङ कसुरमा पक्राउ

काठमाडौँ, चैत १३ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमलाई बैँकिङ कसुरमा प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बानेश्वरले बैँकिङ कसुरको आरोपमा गौतमलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीन वटा जाहेरी परेको छ । हाल उनलाई ७ लाख रुपैयाँको बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिनुभयो ।।

प्रतिक्रिया दिनुहोस्