ट्र्याक्टर दुर्घटनाबाट १ जनाको मृत्यु
बाजुरा, फागुन २६ । बाजुराको खप्तड छेडेदह गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगङ्गा नगरपालिका–४ खोडालबाडाका अन्दाजी ३३ वर्षीय ट्र्याक्टर चालक पदमबहादुर रावत रहेका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
खप्तड छेडेदह गाउँपालिकाबाट बूढीगङ्गा नगरपालिकातर्फ गुडिरहेको भे २ त १५८८ नम्बरको ट्र्याक्टर गएराति ओरालो सडकमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक जनक बोहराले जानकारी दिनुभयो ।।

