फाल्गुन २३, २०८१
पढ्न लाग्ने समय :

दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ३ जना घाइते – १ जना गम्भिर

तुलसीपुर, फागुन २३ ।  दाङको तुलसीपुरमा दुईवटा मोटरसाइकल ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर उप–महानगरपालिका–१ भम्के निवासी ५६ बर्षीय नेत्रलाल पौडेल र राजपुर गाउँपासिलका–७ निवासी ५० बर्षीय पर्शुराम शाहु र सोही ठउँकी ३५ बर्षीय नन्दा पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्ष बिनोदराज खत्रीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार तुलसीपुरबाट सितलपुरतर्फ जादै गरेको रा ३ प २५३४ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जादै गरेको रा २ प ५२८४ नम्बरको मोटरसाइकल तुलसीपुर–११ उरहरी नजिकै आज बिहान सवा ११ बजेको समयमा आपसमा ठोक्किदा रा ३ प २५३४ नम्बरका मोटरसाइकल चालक नेत्रलाल पौडेल र रा २ प ५२८४ नम्बरका मोटरसाइकल चालक पर्शुराम शाहुसहित सोही मोटरसाइकलमा पछाडी सवार नन्दा पुन घाइते भएका हुन् । घाइते मध्य पौडेलको अवस्था गम्भिर रहेकाले थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको र अन्य दुईजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्