चैत्र ४, २०८२
पढ्न लाग्ने समय :

दाङमा गुडिरहेको ट्याक्टरको पछाडीबाट मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु


दाङ, ४ चैत । दाङमा गुडिरहेको ट्याक्टरको पछाडीबाट मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका –५ निवासी ३६ बर्षीय भानु रिजाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार (हिजो) मंगलवार बेलुका पौने ८ बजेको समयमा देउखुरीको हुलाकी सडकअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको रा १ त ३४२९ नम्बरको ट्याक्टरमा सोही दिशाबाट आउँदै गरेको रा ६ प १७६९ को मोटरसाइकल ट्रालीमा ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका रिजालको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टरसहित ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्